मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैनः सांसद ढकाल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका छन् । सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको धितोपत्र बोर्डले कुनैपनि काम गर्न नसकेको जिकिर समेत गरे ।
उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरुले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाई नगरेको गुनासो समेत गरे । सांसद ढकालले मुलुकमा सामाजिक सदभाव भडकाउने प्रयास भइरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न पनि आग्रह गरे ।