सुबिसुको ९० % सेवाग्राहीहरूको सेवा सुचारु «

सुबिसुको ९० % सेवाग्राहीहरूको सेवा सुचारु

इन्टरनेट, नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेटको बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भीषण आगलागी भएकोमा यसबाट मानवीय क्षति नभएको तर ठूलो रूपमा भौतिक क्षति हुन गएको हुनाले हाम्रो सेवा केही स्थानमा अबरुद्ध भई सेवाग्राहीहरू प्रभावित भएको कम्पनीले जनाएको छ ।
आगलागी पूर्णरूपमा नियन्त्रण भएको केही समयभित्र नै कम्पनीले आफ्ना प्राविधिक टोलीको सहयोगद्वारा प्रभावित सेवा सुचारु गराउन तत्परताका साथ काम अगाडि बढाइ, केही घन्टाभित्र नै थापाथलीस्थित सुबिसुको बैकल्पिक डाटा सेन्टरबाट अधिकांश सेवाग्राहीहरूको सेवा सुचारु गराउन सफल भएको जनाएको छ ।
यस बैकल्पिक डाटा सेन्टरबाट घटनापश्चात् कम्पनीले अहिलेसम्म करिब नब्बे प्रतिशत सेवाग्राहीहरूको सेवा सुचारु गर्न सफल भएका जनाएको छ । अझै पनि क्षति ग्रस्त रहेको बालुवाटारको डाटा सेन्टरबाट आबद्व रहेका केही सेवाग्राहीको अबरुद्व सेवा सुचारु गर्न प्रयासरत रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्