कृषि विकास बैंक कनेक्ट आईपीएसमा «

कृषि विकास बैंक कनेक्ट आईपीएसमा

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरूमा कृषि विकास बैंकलाई पनि उक्त प्रणालीमा आबद्ध गराई कारोबार सञ्चालनमा ल्याएको जनाएको छ ।
कृषि विकास बैंकका ग्राहकहरूले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबारहरू गर्न सक्ने भन्दै यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरू प्राप्त गर्न सक्ने जनाएको छ ।
हाल यस प्रणालीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिस्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीेलगायतमा अन्य विभिन्न सेवा प्रदायकहरूलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्