खाना पकाउने ग्यासको मूल्य घट्यो, डिजेल-पेट्रोल बढ्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको छ। निगमले मंगलबार राती लागु हुनेगरि ग्यासको मूल्य घटाएको हो ।
यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो । नयाँ मूल्य अनुसार अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन् । तर, निगमले ग्यासको मूल्य घटाएपनि पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढाएको छ। निगमले पेट्रोलमा १ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य भने लिटरमा १ रुपैयाँ र ५० पैसा बढाएको हो । नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोल १ सय ९ रुपैयाँ र डिजल तथा मट्टितेल भने ९७ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।
हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।