Logo

नगर विकास कोष स्वतन्त्र कर्मचारी युनियनमा पुनः घिमिरे

नगर विकास कोष स्वतन्त्र कर्मचारी युनियनको दोश्रो साधारण सभा सम्पन्न भएको छ । सभाले जगतप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा राम छुस्याकी, सचिवमा कृष्ण जि सी, कोषाध्यक्षमा बबिता पौडेल र सदस्यहरुमा प्रतीकराज तिमिल्सिना, विष्णुप्रसाद अर्याल, मधु सुवेदी, हिमकला शाह, दीपक नगरकोटी चयन भएका छन् । सभामा नगर विकास कोषका कार्यकारी निर्देशक मणिराम सिंहले युनियनले संस्था तथा कर्मचारीको हितलाई प्रमुख केन्द्र बिन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए । उनले रचानात्मक हुन युनियनलाई सुझाव दिए । सो अवसरमा अध्यक्ष घिमिरेले युनियनद्धारा सम्पादित कार्यहरु प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्