चार स्थानीय तहको दुई अर्ब बढी बजेट

मुगुमा रहेका एक नगरपालिका र ३ गाउँपालिका रहेका स्थानीय सरकारले २ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । मुगु जिल्लाका ४ स्थानीय सरकारले संघीय, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र स्थानीय राजस्व संकलनसहित जोडेर बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक वर्ष असार १० बाट स्थानीय सरकारले नीति तथा कार्यक्रमसहित बजेट अधिवेशन शुरु गरी मसान्तसम्ममा सम्पन्न गरी सक्ने व्यवस्था गरेको छ । खत्याड गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा संघीय समानिकरण अनुदानबाट १० करोड ३३ लाख, सशर्त अनुदान शीर्षकबाट २७ करोड २७ लाख, विशेष अनुदानबाट ७० लाख, समपूरक अनुदानबाट १ करोड १५ लाख, राजश्व बाँडफाँडबाट ९ करोड १८ लाख ३१ हजार ३०० प्राप्त हुने छ ।
त्यस्तै कर्णाली प्रदेश सरकारबाट समनीकरण अनुदानबाट १ करोड २३ लाख ६६ हजार, सशर्त अनुदान ३ करोड २५ लाख ८५ हजार, विशेष अनुदान २० लाख, समपूरक अनुदान ९० लाख, राजस्व बाँडफाँडबाट ५ लाख ७२ हजार १३२ र गाउँपालिकाले आन्तरिक राजस्वबाट २२ लाख गरि कुल ५४ करोड ५० लाख ६४ हजार ४३२ रुपयाँको प्रस्तुत गरिएको छ । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कामर भामले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रममा रहेर उपप्रमुख ऐश्वर्या मल्लले आगामी आर्थिक वर्षका लागी तेहौं नगर सभामा बजेट प्रस्तुत गरिन् ।
उपप्रमुख मल्लका अनुसार नगरपालिकामा आगामी आर्थिक वर्षका लागी संघीय राजस्वबाट १० करोड ५८ लाख २१ हजार, समपूरक कोषबाट २ करोड २० लाख, विशेष अनुदानबाट २ करोड ३० लाख, सशर्त अनुदानबाट २५ करोड ९५ लाख, समीकरण अनुदानबाट ११ करोड ७२ लाख, प्रदेश राजश्वबाट १४ लाख २८ हजार ४७२, समानिकरणबाट १ करोड ४२ लाख १४ हजार, सशर्तबाट ४ करोड ६७ लाख ७८ हजार र आन्तरिक राजश्वबाट १ करोड ७० लाख गरि कुल ६० करोड ६९ लाख ४१ हजार ४७२ रुपैयाँ प्राप्त हुनेछ ।
बस्ती बस्ती र वडा वडाबाट छनौट हुँदै आएका योजना, नगरपालिका नियमित योजना र गौरवका योजनामा बजेट बाँडफाँड के कति गर्ने बारे छलफल भइरहेकाले बजेट पास असार मसान्त अघि नै भइसक्ने नगर उपप्रमुख मल्लले बताइन् । सोरु गाउँपालिकाको १२ औ गाउँ सभामा अध्यक्ष धर्मबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपाध्यक्ष केशर बहादुर शाहीले आगामी वर्षका लागी गाउँ सभामा बजेट प्रस्तुत गरेका थिए ।