Logo

माछापुछ्रे बैंकद्वारा वृक्षरोपण

 संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुछ्रे बैंक लेपोखरा महानगरपालिका–२१ स्थित दोविल्ला परिसरमा वृक्षरोपण गरेको जनाएको छ । बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्थासँगको सहकार्यमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न भएको भन्दै बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पु-याउने उद्देश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षरोपण कार्यक्रम आयोजना गरेको बताएको हो ।
उक्त अवसरमा करिब ७० भन्दा बढी बिरुवाहरु रोपिएको थियो । त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा वृक्षरोपण गरेको तथा भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्टलगायतका स्थानमा वृक्षरोपण कार्यक्रम गरिएको पनि बैंकले जनायो ।

प्रतिक्रिया दिनुहोस्