बिहीबारबाट छैटौँ चेम्बर एक्स्पो

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो आगामी बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु हुनेभएको छ । जेठ चार देखी आठ सम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।
छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुको बजारीकरणमा जोड दिईने अध्यक्ष राजेन्द्र मल्लले बताए । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनी उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।
उनले भने, “चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी हुनेछ, ।” चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यन्हका सामाग्री, जटिवुटी जन्य बस्तुहरू प्रर्दशनी गरिने चेम्बरले जनाएको छ । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तु समेत प्रर्दशनीमा राखिने छ ।
मेला करिव डेढ लाखले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए । मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीको स्टल रहनेछ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।