Logo

विद्युत् बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटियो

फाइल तस्बिर ।

विद्युत महसुल बुझाउन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले सोना सिमेन्टको बिद्युत लाइन काटेको छ । विद्युत प्राधिकरण नेपालगञ्ज शाखाले दाङको बिजौरीस्थित सोना सिमेन्टको उत्पादक सोनापुर सिमेन्ट प्रालिको लाइन काटेको हो । प्राधिकरणका अनुसार हालसम्म सोना सिमेन्टले प्राधिकरणलाई ७५ करोड रुपैयाँ बोक्यौता तिर्न बाँकी रहेको छ ।

प्राधिरणका अनुसार पटक पटक बक्यौता असुलीका लागि सूचना दिए पनि उक्त कम्पनीले व्यवस्था गरेपछि लाइन काटिएको हो । प्राधिकरणका अनुसार सोना सिमेन्टले डेडिकेटेडलाइन मार्फत बिजुली बालवापतको ३२ करोड ९४ लाख रुपैयाँ बिल तिरेको छैन । त्यसपछिको ४१ करोड ६६ लाख गरी कूल ७४ करोड ५९ लाख रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणको भनाइ छ । पटक–पटक बिल तिर्न नमानेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण स्थित नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले करिब ७५ करोड बक्यौता नतिरेपछि उक्त उद्योगको लाइन काटिएको जानकारी दिए । ‘डेडिकेटेड लाइन हुँदाको ३२ करोड ९४ लाख र पछिको ४१ करोड ६६ लाख रुपैयाँ सोनापुर सिमेन्टले बुझाएको छैन’ उनले भने, ‘पटक– पटक बक्यौता रहेको शुल्क बुझाउन सूचना जारी गर्दा पनि अटेर केरेपछि लाइन काटेका हौ ।’

सोना सिमेन्टको मात्रै नभइ साना–ठूला उद्योग तथा व्यक्तिगत गरी १० हजार ग्राहकको लाइन काटिएको उनले बताए । लाइन काटिएपछि बक्यौताको १६ करोड रुपैयाँ उठेको जानकारी पाण्डेले दिए । उनका अनुसार प्राधिकरण नेपालगञ्ज शाखा अन्तर्गत मात्र लगभग २ अर्ब जति बक्यौता संकलन हुन बाँकी रहेको छ । बाँके कार्यालयलाई प्राधिकरणको उच्च तहबाटै बक्यौता असुलीमा दबाब आएपछि लाइने काट्ने कार्य सुरु गरिएको हो ।

धेरै राखेर नतिर्ने कम्पनी, व्यवसायिक फर्म र व्यक्तिको लाइन काट्दै नेपाल विद्युत् प्राधिकरण बाँकेले कारबाही गरेको छ । कारवाही गरेलगत्तै १६ करोड रुपैयाँ असुली भएको छ । धेरै बिजुली खपत गर्ने सिमेन्ट जस्ता उद्योगहरु प्राधिकरणका ठूला ग्राहकले नै बक्यौता तिर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्