मापसेबाट १४ करोड राजस्व

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व सकंलन गरेको छ । विगत ५ वर्षमा काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व सकंलन गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५ देखि २०७९ सम्ममा १ लाख ४० हजार ५३१ जनालाई कारबाही गरी उक्त राजस्व अलुसी गरेको छ । २०६९ मंसिर २२ देखि काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन जाँच सुरु गरेको हो । सवारी दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे जाँच गर्न थालेको हो ।
उपत्यकामा मादक पदार्थ सेवन जाँच सुरु थालेको १० वर्ष हुँदा पनि मादप पदार्थ सेवान गरी सवारी चलाउनेको सख्या भने घटेको छैन । कार्यालयका तथ्यांकअनुसार आ व. २०७५/०७६ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार २५६ जना चालकलाई कारबाही गरेको थियो ।
यस्तै, चालु आव. २०७९/०८० को हालसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ३८ हजार २६२ जनालाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७५/०७६ र २०७९/०८० फागुनको तथ्यांकसँग तुलना गर्दा ६ हजारको संख्याले वृद्धि भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने संख्या बढेकाले राजस्व असुली बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । चालकमा चेतना नआएसम्म यस्ता घट्ना नघटने उनले बताए । सवारी दुर्घटनदेखि मापसेलगायतका घटना कम गर्न मानिसमा चेतनामा परिर्वतन हुन आवश्यक भएको उनको भनाइ छ ।
कार्यालयको तथ्यांकअनुसार आव. २०७५/०७६ मा ३२ हजार २५६ जना चालकलाई कारबाही गरी ३ करोड २२ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा २५ हजार ९४३ जनालाई कारबाही गरी २ करोड ५ लाख ९४३ रुपैयाँ राजस्व संकलन गरेको थियो भने आव. २०७७/०७८ मा १० हजार ४८० लाई कारबाही गरी १ करोड ४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यस्तै, आव. २०७८/०७९ मा बढेर ३३ हजार ५९० लाई कारबाही गरेको थियो भने ३ करोड ३५ लाख ९० हजार रुपैयाँ राजस्व सकंलन गरेको थियो । यस्तै चालू आवको फागुनसम्ममा ३८ हजार २६२ लाई कारबाही गरी ३ करोड ८२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।