२०२३ मा डलरलाई राहत «

२०२३ मा डलरलाई राहत

२०२२ मा विभिन्न किसिमका घटनाहरूले छोडेको असरले आर्थिक वृद्धि घटायो र मुद्रास्फीतिलाई पनि बढायो । यसका कारण लगानीकर्ताहरू डलर अंकित सम्पत्तितर्फ आकर्षित भए वा मोडिए । मौद्रिक नीति र मुद्रास्फीतिप्रतिको डरका कारण डलर पुनः अवमूल्यन हुने त्रास घटेसँगै विश्वव्यापी वृद्धि परिदृश्यमा राम्रो लक्षण देखिएको छ ।

लगानीकर्ताहरू विशेष गरी अमेरिकी डलरको विनिमयलाई फेडरल रिजर्भ केन्द्रित ऐनाबाट हेर्ने गर्छन् । गत वर्ष फेडको उग्र दर वृद्धि चक्रले डलरको पक्षमा नै काम गरेको थियो । मुद्रास्फीति र भूराजनीतिक तनावका कारण डलरको २५ प्रतिशतको विशाल अधिमूल्यन भएको थियो । जब मुद्रास्फीतिको त्रास र रोक्न नसकिने खालको विवाद घटेको छ डलर पुनः कमजोर हुन थालेको छ । यसले उदीयमान बजार अर्थतन्त्रलाई आवश्यक पर्ने वित्तीय राहत र केन्द्रीय बैंकहरूलाई नीति कडाइ गर्न प्रस्ताव गर्न सक्छ ।

२०२२ को धेरै अवधिभर लगानीकर्ताहरू दुर्लभै आउने धक्काहरूलाई समेट्न दौडधूप गर्ने अवस्थामा थिए, जसले आर्थिक वृद्धिलाई त घटाएकै थियो नै, मुद्रास्फीति पनि उकालो लागेको थियो । मौद्रिक नीति सामान्यभन्दा धेरै नै अस्थिर भएकाले र विकसित अर्थतन्त्रहरूमा यसको उच्च सम्बन्ध भएकाले (जसले सर्वत्र ब्याजदर वृद्धि गराएको थियो) स्थिर आम्दानी, विदेशी मुद्रा र इक्विटी बजार पनि बढेको थियो । यो अवस्थामा डलरको सञ्चिति पनि बढेको थियो । यो विश्वकै प्रमुख सञ्चिति मुद्रा हो र सुरक्षित सम्पत्तिका रूपमा पनि लिइने गरिन्छ ।

योभन्दा पनि फेडले दर वृद्धिको समय र आकार निर्धारण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । श्रृंखलाबद्ध रूपमा आएका स्वतन्त्र धक्काहरूले एसिया र युरोपको वृद्धिमा असर पारेको थियो । तर, आफ्नै ऊर्जा आत्मनिर्भरता र भौगोलिक दूरीका कारण भने अमेरिकालाई केही राहत नै भएको छ । विश्वका अन्य अर्थतन्त्रको तुलनामा अमेरिकी अर्थतन्त्र भने बढी नै प्रभावित भएको थियो ।

युरोपले ऊर्जामा उसको प्राथमिक स्रोतमाथिको पहुँच गुमाउने विद्यमान त्रासको सामना गर्‍यो । मनोबल सर्भेमा मनोबल सूचक आर्थिक सूचकभन्दा धेरै नै ओरालो लाग्यो । यसले युरोपेली सम्पत्तिमा आतिरिक्त जोखिम प्रतिविम्बित गर्‍यो । धेरैले रूसी ऊर्जा आपूर्तिमा आउने जोखिमप्रति चिन्ता व्यक्त गरेका छन् । के यो साँच्चै सबैतिर पुग्ला वा परमाणु घटनाका कारण झनै खराब हुने डर व्यक्त गरेका छन् । रूस–युक्रेन युद्धले ऊर्जाको व्यापारमा अवरोधको सम्भावनालाई झनै सहज बनाएको छ र यसले एसिया र युरोपका हाइड्रोजन आयातकर्ताहरू नयाँ आपूर्तिकर्ताको माग सन्तुलन गर्नेतर्फ डोर्‍याएको छ ।

प्रमुख मुलुकभित्रका नीतिहरूले पनि डलरको अधिमूल्यन गराएको छ । २०२२ को डिसेम्बरसम्ममा चीनले शून्य कोभिड नीति अवलम्बन गरेको थियो, जसले सीमाहरूभित्र मात्रै नभई क्षेत्रमै पनि स्वतन्त्र ऋणात्मक मागको अवस्था ल्यायो । संयुक्त अधिराज्य (यूके) ले आफ्नो सेप्टेम्बर–अक्टोबरको बजेट महाप्रलयमा डलरको मागलाई उच्च बनाउन आफ्नो विशिष्ट योगदानको प्रस्ताव गरेको थियो । जसले लिज ट्रसलाई बेलायतको इतिहासमै सर्वाधिक कम अवधि प्रधानमन्त्री बन्ने अवस्थाको सिर्जना गरायो र युरो पनि अस्थायी रूपमा अवमूल्यन भयो ।

डलरका लागि हामीले अर्को के अपेक्षा गर्न सक्छौं ? विगत ३० वर्षभन्दा बढी अवधिको प्रमाणले हामीलाई मुद्रास्फीति स्वयंमै अनिश्चितताको प्रमुख स्रोत नभएको देखाउँछ । अमेरिकी अर्थतन्त्र मन्दीमा नगएसम्मको अवधिमा डलरको मूल्य पनि उच्च नभएको मन्दीप्रति फेडको प्रतिक्रियाले वित्तीय प्रणालीको जोखिम मानिएको सम्पत्ति तत्वलाई सही मार्गमा ल्याउने काम गरेको देखिन्छ ।

१९७० र १९८० को दशकमा फेडले ब्याजदर बढाएको समयमा डलरको अधिमूल्यन भएको थियो । त्यतिबेला उच्च मुद्रास्फीति वृद्धिको प्रमुख स्रोत थियो र नीति तथा बजार अनिश्चितताको प्रमुख स्रोत थियो । जब मुद्रास्फीति ओर्लन सुरु भयो, नीति अनिश्चितता र वृद्धि अनिश्चितता दुवै घट्यो ।

मुद्रास्फीति फर्किएसँगै वृद्धि अपेक्षा सुधार हुन थाल्छ, अनिश्चितता घट्छ र डलरको पनि अवमूल्यन हुन थाल्छ । संयुक्त दर वृद्धिको तीव्र गतिपछि आएको लाभले हाल डलर प्रभावित हुन थालेको छ । यो अवस्था मुद्रास्फीतिलाई तल झार्नका लागि अमेरिकाले नेतृत्व गरेकाले भएको हो । किनभने फेडको व्यवहारले सबैतिरको दरको गतिविधिको गतिलाई शासित गर्छ ।

फेड नीति कडाइपनमा रोकिएको वा नजिक पुगेको समयमा तथा सम्भावित अन्त्यको समयमा पुगेमा अन्य देशका केन्द्रीय बैंकहरू पनि मन्द हुन्छन् र वास्तवमै रोकिएको अवस्थामा पुग्छन् । यसले लगानीकर्ताहरू उनीहरूको सुरक्षित सम्पत्ति मानिएको डलरबाट बाहिरिन्छन् र जोखिमयुक्त सम्पत्तितर्फ लाग्छन् । यस्तो अवस्थामा डलर तुलनात्मक रूपमा उच्च प्रतिफलको सम्पत्तिका रूपमा रहन सक्छ । तर, २०२३ मा डलरबाट आउने प्रतिफलको अवस्था खुम्चन थाल्छ । २०२२ मा बजार मूल्य केही हदसम्म बढेको थियो ।

तुलनात्मक वृद्धि क्षणका आधारमा अमेरिका उसका समकक्षीहरूको तुलनामा त्यति साह्रो सुस्त भएको थिएन, किनभने ऊ माथि उल्लेख गरिएका असर, धक्का वा आघातहरूको कम सामीप्यतामा रहने गरेको छ । तर, उसको यो सहनशीलता र गतिशीलताले २०२३ मा उल्टो काम गर्ने सम्भावना प्रबल देखिन्छ । अमेरिकालाई युक्रेन युद्धबाट केही हदसम्म प्रभाव पर्ने देखिन्छ । ती प्रभावहरूमा एक त खाद्यान्न र खनिज तेल तथा प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धि र अर्को अमेरिकाले युक्रेनको सहयोगका लागि हतियार र आर्थिक सहयोग गर्नुपर्ने हो । यसले अमेरिका दोहोरो मारमा पर्ने देखिन्छ ।

चीनको तल झारिएको वृद्धि समीक्षा र विदेशी मुद्राको निराशाजनक भूमिकाले विदेशी मुद्राको बजारलाई बिगारेको छ । शून्य कोभिड नीतिको अन्त्यले पनि डलरमा ओरालो लाग्ने दबाबको अवस्था सिर्जना गर्न सक्छ । चिनियाँ वृद्धि अपेक्षालगायतका केही सुधारले एसिया र युरोपका मुद्राहरूमा राम्रै लाभ पुग्ने देखिन्छ ।

अवस्य पनि अझै नयाँ र अनपेक्षित धक्काको जोखिम भने कायमै छ । तर, यी देखा नपरेमा डलरको अवमूल्यन लगातार जारी रहन्छ । किनभने मुद्रास्फीतिको सेरोफेरोमा अनिश्चितता देखिन्छ र मौद्रिक नीतिको अस्थिरता ओरालो लाग्छ । बाँकी विश्वका लागि डलरको अवमूल्यन प्रोत्साहनका लागि सस्तो स्वरूप हो । यो विश्व वृद्धिका लागि राम्रो समाचार हो ।

प्रतिक्रिया दिनुहोस्