Logo

पोखरा फाइनान्सका अध्यक्ष गुरुङले लिए राष्ट्र बैंकबाट शपथ

पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको ५१५औँ बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका डा. दीर्घमान गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय, पोखरामा नेपाल राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले वित्तीय संस्था तथा नवनियुक्त अध्यक्षको बारेमा संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक डा. राम शरण खरेलले नव नियुक्त अध्यक्ष लाई बधाई तथा शुभकामना प्रदान गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिकाको पालना तथा संस्थागत सुशासनको बारेमा प्रकाश पारेका थिए ।

नवनियुक्त अध्यक्ष डा. दीर्घमान गुरुङले पोखरा फाइनान्स लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्