देशको संकटग्रस्त अर्थतन्त्र नयाँ सरकारबाट सुधार हुने विश्वास «

देशको संकटग्रस्त अर्थतन्त्र नयाँ सरकारबाट सुधार हुने विश्वास

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नयाँ सरकारबाट देशको संकटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ । महासंघले सोमबार मुलुकको ४४ औँ प्रधानमन्त्रीको शपथ ग्रहण लिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज विज्ञप्तिमार्फत ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारबाट देशको संकटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको हो ।

महासंघका अध्यक्ष कुमार कार्कीले नयाँ सरकारको गठनसँगै मुलुकको आर्थिक विकासले गति लिने र देशमा रोजगारीको अवसर वृद्धि हुने विश्वास व्यक्त गरे । “निजी क्षेत्रले भोग्नुपरेका समस्या नयाँ सरकारले निराकरण गरी व्यवसायीमैत्री वातावरण बनाउने विश्वास महासंघले लिएको छ”, उनले भने । महासंघले राजनीतिक स्थायित्वका लागि सरकारमा आवद्ध साथै प्रतिपक्षमा रहने राजनीतिक दलहरू एकताबद्ध भएर राष्ट्र निर्माण गर्न सरकार सफल रहोस् भन्ने कामनासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्