एनसेल फोरजीमा अब डबल डाटा «

एनसेल फोरजीमा अब डबल डाटा

एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको बताएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मज्जा लिन सक्नेछन् ।
यो योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिन र ३० दिन समयसीमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरूप फोरजी डेटा भोलुम प्राप्तगर्न सक्ने कम्पनीको भनाइ छ । यो अफर बिहीबारदेखि लागू भएको छ । देशको १ हजारभन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो।
यो योजनाअन्तर्गत ७ दिन समयसीमा भएको ५०० एमबी डेटा र ३० दिन समयसीमा भएको ३ जीबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले ३० दिन समयसीमा भएको ३ जीबी डेटा करसहित ४ सय ५३ रुपैयाँ ३० पैसामा खरिद गरेमा बोनस स्वरूप थप ३ जीबी फोरजी डेटा पाउने छन् । यो अफरमा ग्राहकले ३ जीबी डेटाकै शुल्कमा ६ जीबी डेटाको मजालिन सक्ने पनि जनाएको छ ।
त्यसैगरी, एनसेलका ग्राहकले सातदिन समयसीमा भएको ५०० एमबीप्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस बापतप्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबीप्याक करसहित ९५ रुपैयाँ ७७ पेसामा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् ।
योजनाअन्तर्गत बोनसको लाभलिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्यान्डसेट, यू सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । ७ दिन वा ३० दिन समयसीमा भएको डेटा भोलुमटुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्