Logo

घोराही बजार व्यवस्थापन गर्न उद्योग वाणिज्य संघ र उपमहानगर संयुक्त रुपमा लाग्ने

घोराही बजार व्यवस्थापनका लागि उद्योग वाणिज्य संघ र घोराही उपमहानगरपालिका संयुक्त रुपमा लाग्ने भएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी तथा कार्य समिति र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीसहितको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले ठेला व्यवस्थापन, झोलेपोके, अवैद्य सामान आयात नियन्त्रण गर्ने निर्णय गरेको छ । ठेलाहरुको लगत राखी ठेलालाई व्यवस्थित गर्न स्थान तोकिने भएको छ । अव्यवस्थित पार्किङको कारण दुर्घटनाको जोखिम र शहरको सुन्दर ह्रास आएकाले व्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा अगाडि बढिने निर्णय गरिएको छ ।

व्यावसायीहरुले सटर बाहिर पेटीमा फुटपाथमा प्रदर्शनी गर्न, सामान राख्न नपाइने यदी राखेमा अनुगमनका क्रममा भेटीएमा जफत, जरिवाना गर्ने निर्णय भएको छ । दीर्घकालीन व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य संघको संयुक्त छलफल आयोजना गरिने भएको छ । बजार व्यवस्थापनका वारेमा उद्योग वाणिज्य संघले आफ्नो वस्तुगत समितिसँग छलफल समेत गर्ने भएको छ ।

छलफलमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बजार व्यवस्थित गराउन उद्योग वाणिज्य संघको सहयोग रहने बताएका थिए । अहिले अवैद्य रुपमा व्यापार व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएको भन्दै यसलाई नियन्त्रणमा ल्याउनुपर्ने समेत बताए । ‘अहिले बजारमा धेरै भोलेपोकेहरु रहेका छन् उनीहरुलाई नियन्त्रणमा ल्याउनु पर्दछ’ उनले भने । सम्बन्धित निकायमा दर्ता गरेर मात्र व्यावसाय सञ्चालन गर्नुपर्ने उनको भनाइ रहेको छ । अवैद्य रुपमा व्यावसाय गर्दा दर्ता गरेर व्यावसाय गर्नेहरुलाई समस्या पर्ने उनले बताए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले नियम सञ्चालन हुनेलाई नियन्त्रणमा ल्याइने बताइन् । उपमहानगरपालिकाको नितीअनुसार आफूहरु अगाडि बढ्ने उनको भनाइ रहेको छ । यसका लागि सहयोग गर्न समेत उद्योग वाणिज्य संघलाई आग्रह गरिन् । ‘हामी एक्लै अगाडि बढेर मात्र हुँदैन तपाईहरुको सहयोग आवश्यक छ’ उनले भनिन् । सडकमा सामाग्री राख्दा हिड्ने नागरिकहरुलाई समस्या भएको बताइन् । बाहिर सामान राख्ने कार्य रोकिनुपर्ने उनको भनाइ रहेको छ ।

यस्तै प्रेस काउन्सीलका सदस्य शरद अधिकारीले बजार व्यवस्थापनका लागि स्थानिय टोलविकास संस्थाहरुलाई परिचालन गरेर अगाडि बढ्दा प्रभावकारी हुने बताए । यस प्रकारको काम उप महानगरले गर्नुपर्ने उनकामे भनाइ रहेको छ । पसल बाहिर सामान राखिने गरेको भन्दै यसलाई नियन्त्रण गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्