एनएमबी बैंकले ल्यायो मान्यजन बचत खाता «

एनएमबी बैंकले ल्यायो मान्यजन बचत खाता

एनएमबी बैंकले एनएमबी मान्यजन बचत खाता ल्याएको छ । बैंकले यसअन्तर्गत पैसा राख्नेलाई सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको हो । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकको आवश्यकतालाई मध्यनजर राखी बनाइएको बैंकले जनाएको छ ।

९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ । एनएमबि बैंक विगत २६ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्