Logo

टिकटक बनाउनेको भिड

फूल बिक्री नहुँदा कृषकलाई समस्या

दाङमा व्यावसायिक रुपमा गरिएको फूलखेती उत्पादन भएपनि बिक्री हुन भने सकेको छैन । फूल बिक्री नहुँदा कृषकहरु समस्यामा परेका छन् । तिहारलाई लक्षित गरेर गरिएको फूल समयमा नफल्दा किसानलेबिक्री गर्न पाएन् ।

दसैंको समयमा अभिरल वर्षाको कारण चिसो बढ्दा फूल फूल्न ढिला भएको कृषकहरुको भनाइ छ । अहिले फूल उत्पादन बढेको र माग कम भएको घोराही उपमहानगरपालिका वडा नं १४ झिगौराका लोकेन्द्र रोका मगरले बताए । घोराही १५ भरतपुरमा व्यावसायिक रुपमा फूल खेती गर्दै आएका भाष्कर पगेनीले पनि फूलको माग कम भएको बताए ।

अहिले सिजन नभएको कारणले पनि फूलको माग कम भएको उनको भनाइ छ । तिहारको समयमा सोचेअनुसार फूल नफूल्दा लगानी उठ्नेमा पनि कृषकहरु चिन्तित छन् । फूलको माग घटेसँगै मूल्य पनि घटेको छ । अहिले एउटा माला लाई ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको रोका मगरले बताए । पहिले एक सय रुपैयाँ भन्दा माथिमा बिक्री हुने गरेको थियो । उनले डेढ विगाहामा जग्गा भाडामा लिएर फूलखेती गरेको बताए ।

उनले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गरेका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकाले जिल्लामा दसैं तिहार लगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका थिए । रोकाले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेती गर्ने सुरु गरेका छन् । यसअघि आफूले उत्पादन गरेको फूल धेरै जिल्लामा नै खपत हुने गरेको रोका बताउँछन् । जिल्लाका घोराही, तुल्सीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको थियो ।

टिकटक बनाउनेको भिड
व्यावसायिक रुपमा खती गरिएको फूल बिक्री नभएपछि कृषकहरुले मानिसको आर्कषणका लागि टिकटक बनाउने स्थान बनाइदिएका छन् । जसले मानिसको आर्कषण बढेको छ ।

चारैतिर माला बनाएर सजाएर फोटो खिच्ने तथा टिकटक बनाउने स्थल समेत निर्माण गरिएको छ । अहिले झिगौरा तथा भरतपुरमा टिकटक बनाउने तथा फोटो खिच्न जानेहरुको भिड बढदै गएको छ । झिगौरामा व्यावसायिक रुपमा फूल खेती गर्दै आएका रोका मगरले पनि टिकटक बनाउने स्थान र फूलको पार्क निर्माण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्