Logo

धादिङेलाई निशुल्क रगत, रक्तदानको संख्या थपिदै

मानिस बाँच्नको लागी अक्सिजन जति महत्वपणृ छ, त्यति नै महत्वपूण छ रगत । रगत विना मानिस बाँच्न सक्दैन । त्यसैले त भनिन्छ रक्तदान नै जीवन दान हो । अझ पनि कयौ मानिसहरु रक्तदान गर्न डराउछन् । कयौ मानिसहरु रगत दान गर्न मन भएर पनि ग्रामीण भेगमा बसोवास भएकाले पाएका छैनन् । तर भौगालिक सुगमता र निरोगीहरुले भने कयौ पटक रक्त दान गरेर मनलाई खुशी बनाएकाछन् । नेपाल रेडक्रस सोसाईटीले धादिङमा ब्लड बैंक स्थापना गरेपछि रक्तदाताहरुको संख्या बढेको छ । धादिङ घर भएका व्यक्तिहरुलाई डाक्टरको सिफारिसका आधारमा केन्द्रिय रक्तसंचार केन्द्र काठमाडौँ र धादिङको रक्तसंचार केन्द्रबाट पूर्ण रुपमा निशुल्क रगत प्रदान गर्दै आइरहेको छ ।
नेपाल रेडक्रस सोसाईटी धादिङ र धादिङका १३ वटै पालिकाहरुको संयुक्त प्रयासमा रगत निशुल्क गर्न सझल भएको समाजसेवी एंव रेडक्रस धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताए । नगरपालिका र गाँउपालिकाबाट आर्थिक साझेदारी गरेर रगत निशुल्क गरेकाछौ । डाक्टरको सिफारिस र रगत किनेको वीलको पेश गरेपछि त्यो कागजात सहित गाँउपालिकामा पेशेपछि पैसा ल्याएर सम्वन्धित व्यक्तिलाई भुक्तान िदिदै आएको श्रेष्ठले बताए ।
धादिङ २०७९ साउन १ गतेदेखि कार्तिक ३० गतेसम्म १८ वटा संस्थाको आयोजनामा एक हजार तीन जनाले रत्त:दान गरेकाछन् । रक्तदान गर्नेहरुमा दुई सय ५० महिला र सात सय ५३ पुरुष रहेको श्रेष्ठले बताए । रत्त:दान कार्यक्रमको आयोजना गर्ने संस्थाहरु लाइन्स क्लव अफ सल्यानटार, साहारा महिला साकोस, आइसिडिसी नेपाल, नीलकण्ठ बहुमुखी क्याम्पस/नेपाल नीजामति कर्मचारी यूनियन, कर्मचारी मिलन केन्द्र, शिवज्याती महिला साकोस, लाङघाली बहुउद्देश्य सहकारी संस्था, जिल्ला प्रहरी कायाृलय, सिटीजन लाइफ इन्सुरेन्स, श्रोत परिचालन साकोस, लाइन्स क्लव अफ काठमाण्डौ धादिङ रहेकाछन् । यसैगरी रेक्रस र यूवा रेडक्रस सर्कलहरुमा रेडक्रस जिल्ला शाखाले आपतकालित अवस्थामा धादिङ अस्पतालमा आवश्यक पर्ने रगतको व्यवस्थापनमा स्वंमसेवी रक्तदाता बोलाएरं संकलन गरेको छ । यूवा रेडक्रस सर्कल व्लुमिङइङ्लिस वोर्डिङ स्कुल, यूवा रेडक्रस सर्कल वालमन्दिर मावि, रेडक्रस सोइटी केवलपुर उपशाखा, यूवा रेढक्रस संकलन रघु मावि, यूवा रेडक्रस सर्कर भैरवी मावि, यूवा रेडक्रस सर्कल किराञ्चोक माविले समेत रक्तदान कार्यक्रम आयोजना गरेकाछन् ।
रगत हाम्रो शरीरका लागि नभई नहुने पदार्थ हो । यसको कुनै देश, जाति, राज्य र धर्म हुँदैन । मैले दिएको रगतले कसैको ज्यान बच्छ भने हाँसीखुसी दिन तयार भएको तर्क राख्दछन् रत्त:दाताहरु । ‘जीवन महत्वपूर्ण हुन्छ, हाम्रो सहयोगले कसैको जीवन जोगिन्छ भने किन रक्तदान नगर्ने, सबैले एक पटक भएपनि रक्तदान गर्नुपर्ने कुरामा जोड दिन्छन् रक्तदाताहरु ।
स्वस्थ मानिसको शरीरमा पाँचदेखि ६ लिटरसम्म रगत हुने बताइन्छ । रगत नभएमा मस्तिष्क चार मिनेट र मुटु ६ घन्टामा निष्क्रिय हुन्छ । आवश्यकता अनुसारको रगत शरीरले उत्पादन गरिरहेको हुन्छ । रक्तदानपछि शरीरमा रगतको परिणाम वा प्लाज्माको मात्रा २४ घन्टाभित्रमै परिपूर्ति हुन्छ । मानव शरीरबाट निकालिएको रगतलाई प्लास्टिकका पोकाहरूमा संकलन गरिन्छ । संकलन गरिएको रगतलाई जम्न नदिन केमिकलहरूको प्रयोग गरिएको हुन्छ । त्यस्ता पोकामा चार सय ५० मिलिलिटर रगत जम्मा गर्न सकिन्छ । यसरी जम्मा गरिएको रगतलाई सीपीडीए एन्टिकोएगुलेनट सलुसनमा राखी न्यूनतम २–४ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गरिने हो भने ३५ दिनसम्मका लागि काम लाग्छ ।
ब्लड बैंकले समयसमयमा रक्तदान कार्यक्रम आयोजना गर्छ । नेपाल रेडक्रस सोसाइटी धादिङसँग समन्वय गरेर जिल्लामा विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । जिल्लामा २०६८ साल भदौ २७ गतेदेखि ब्लडबैकको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्