धादिङको नीजि क्षेत्र आन्दोलित बैंक बहिस्कार गर्ने चेतावनी

बुधवार विहानै सडकमा एक हुल मानसिहरु कालो पृष्टभुमीको व्यानर र हातमा प्लेकार्ड बोकेका मानिसहरु सडकमा निस्के । स्थानीय व्यावसायीहरु पसलको सामान मिलाउन छाडेर व्यानर र प्लेकार्ड बोक्ने मानिसहरु हेर्न थाले । ती व्यानर र प्लेकार्ड बोक्ने मानिसहरु कुनै दलका नभई बैंक तथा वित्तिय संस्थासंग ऋण लिएर व्यापार व्यावासय गर्नेहरु नै थिए । उनीहरुले कोकेको व्यानरमा देखिएको थियो, बैंक तथा वित्तिय समस्या समाधानार्थ शान्ति पूर्ण विरोध र्याली धादिङ । यो विरोध र्यालीको संयोजन धादिङ उद्योग वाणिज्य संघ धादिङले गरेको थियो । विरोध र्यालीमा विभिन्न व्यावासयी संस्थाहरुको सहभागिता थियो ।
र्यालीमा सहभागी व्यावसायीहरुले व्याजदरमा स्थिरता कायम गर– चालु पूजीँ निर्देशिका स्थगित गर, व्याज दर चर्को भो–गरि खान गाह्रो भो, उद्योग व्यावसायी घाटामा– बैंक किन नाफामा लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका व्यावसायीले धादिङवेशी पुचोक देखि शितल बजारसम्म पदल यात्रा गरेका थिए । र्यालीलाई सम्वोधन गर्दै धादिङ उदोग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले उद्योग व्यावसायी सवै आफ्नो पूजीँबाट मात्र चल्न सक्दैनन् । बैंक तथा वित्तिय संस्थाहरु पनि पैसा संस्थामा राखेर चल्न सक्दैन । त्यस कारण बैंक तथा वित्तिय संस्था र उद्योगी व्यासायीहरु विच सौर्हादपूण बातावरण हुन आवश्यक छ । आफू खुसी सम्झौता विपरित व्याज दर बढाउने, सावाँ असुली गर्ने बहानामा व्यावसायीलाई अनावश्यक तनाव दिने कार्य बन्द गर्न चेतावनी दिए । कोभिड १९ पछि व्यासायीहरु मर्कामा परेका बेला बैंक तथा वित्तिय र राष्ट्र बंैकको मिलेमतोमा एदोगी व्यावसायीेहरु संकटमा परेको बताए । गत असार मशान्तमा २५ हजा व्यवसायी कालो सूचीमा परेको र आगामी पुष सम्ममा ५० हजार व्यावसायी कालो सूचीमा पर्न सक्ने भएकाले राष्ट्रले उद्योगी व्यावसायी मैत्री मौद्रिक नीित लिनु पर्ने माग गरेकाछन् ।
अध्यक्षले र्यालीलाई सम्वोधन गरे लगत्तै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल मार्फत राष्ट्र बंैकका गर्भनरलाई पाँच बुदें माग पत्र पठाएकाछन् । कोभिड १९ पछि खस्किएको अर्थतन्त्र उकास्ने सरकारको आश्वासन जहाँको तहि रहेको, बैक तथा वित्तिय संस्थाको मनोमानी बढेको, जसरी हो नाफा कमाउने अभिष्ठ र गैह्रजिम्मेवारीले झनै विकराल रुप लिएको, कर्जा नीति २०७९ तरुन्त स्थगित गर्न माग गदै आन्दोलित भएका व्यावसायीहरुले पाँच बुदें माग गर्भनर समक्ष गरेकाछन् । चालु पूजी कर्जा ऐन २०७९ तुरुन्त स्थगित गरियोस, एकल विन्दुमा व्याजदर कायम गरियोस, कर्जा लगानीको कम्तिमा एक वर्षपछि मात्रै ऋणीसंगको समझदारीमा व्याजदर वृद्धि गरियोस, बैकले लिदै आएको सेवा शुल्क लगायत मनामानी शुल्कहरु हटाइयोस र विगतमा मौद्रिक नीति मार्फत दिइदै आएका छुटहरु कायम गरियो मागहरु प्रस्तुत गरेकाछन् ।
तस्वीर : राजेन्द्र बस्नेत
१ धादिङ उद्योग वाणिज्य संघकों संयोजनमा बैंक तथा वित्तिय समस्या समाधानार्थ शान्ति पूर्ण विरोध र्याली ।
२ धादिङ उद्योग वाणिज्य संघकों संयोजनमा भएको बैंक तथा वित्तिय समस्या समाधानार्थ शान्ति पूर्ण विरोध र्याली पश्चात प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल मार्फत राष्ट्र बैंका गर्भनरलाई बुझाउदै अध्यक्ष विष्णु प्रसाद थपलिया र रामकुमर डल्लाकोटी वरिष्ठ उपाध्यक्ष