बन्दसूचीका उम्मेदवार आफैलाई भोट माग्दै
समानुपातिक बन्दसुचीमा धादिङबाट ५४ जना

महिला, दलित, जनजाती, अल्पसंख्यक, र पिछडा वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्याय प्रक्रिया एवं कार्यसम्पदान प्रक्रियामा अर्थपूण सहभागिता गराउन संविधान अनुसार मिश्रित (प्रत्यक्ष र समानुातिक) निर्वाचन प्रणली अवलम्वन गरिएको छ । प्रत्यक्ष निर्वाचन प्रणलीमा लक्षित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न कुल सदस्य संख्याको ४० प्रतिशत समानुपातिक प्रणाली अनुसार प्रदेश सभा र प्रनिधिनि सभाको निर्वाचन हुदै आएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभाको कुल दुई ७५ सदस्य मध्ये सदस्य एक सय ६५ सदस्य प्रत्यक्ष र एक सय १० सदस्य समानुपातिक र प्रदेश सभा सदस्य तीन सय ३० सदस्य प्रत्यक्ष र दुई सय २० सदस्य समानुपातिकबाट निर्वाचित हुने छन् । खसेको मतको १० प्रतिशत प्राप्त गर्ने दलले मात्र समानुपातिक मतको सदुपयोग गर्न पाउने व्यवस्था रहेकोछ ।
निर्वाचन आयोगले कार्तिक ९ गते प्रकाशित गरेको अन्तिम बन्दसूचीमा धादिङबाट प्रतिनिधि सभा सदस्यका लागि विभिन्न दलले १७ जना र प्रदेश सभा सदस्यका लागि विभिन्न दलले ३७ जनाको नामावली रहेको छ । प्रकाशित वन्दसूची अनुसार बागमती प्रदेश सभा सदस्य (समानुपातिक) का लागि १९ दलले ३७ जना र प्रतिनिधि सभा सदस्य (समानुपाति) का लागि १० दलले १७ जनाको नाम अन्तिमबन्द सूचीमा समावेश गरेको पाइएको छ । बन्द सूचीमा नाम समावेश भएकाहरु व्यक्ति उम्मेदवार जस्तैगरी म समानुपातिकको उम्मेदवार हुँ । समानुपातिको भोट मलाई भन्दै सामाजिक सञ्जाल र घरदलो तथा अन्य कार्यक्रम गरी मागी रहेकाछन् । तर समानुपातिक प्रणाली अनुसार पार्टीलाई भोट माग्नु पर्ने हो ।
नेपाली कांग्रेस (विपी) ले जिल्ला अध्यक्ष एंव केन्द्रीय सदस्य कल्पना अधिकारी, कमला शाह (तामाङ) र समिर्ला तामाङलाई वन्द सूचीमा राखेको छ । नेकपा एकीकृत समाजवादीले वागमती प्रदेश कमिटी सदस्य निर खरेल, केन्द्रीय सदस्य इन्दिरा ढुंगाना, प्रदेश सदस्य मायादेवी शर्मा र सीता ढुंगानालाई बन्द सूचीमा राखेको छ । नेकपा एमालेले प्रदेश कमिटी सदस्य रामहरी अधिकारी र उमा सिंखडालाई बन्दसुचीमा राखेको छ । नेपाली कांग्रेसले शान्ताकुमारी तामाङ, शिवराज अधिकारी र गापाल विश्वकर्मालाई बन्दसूचीमा राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वमन्त्री ठाकुर प्रसाद शर्मालाई बन्दसूचीमा राखेको छ । एकल चिन्ह हसिया हथौडा लिएकाले संगिता कडेल (दिपा) सृजना रिजाल नेपाल, समेम्वले तामाङ र नारायण प्रसाद लामिछानेलाई बन्द सूचीमा राखेको छ । एकल चिन्ह बच्चा काखमा लिएका आमा लिएकाले राजु भुजेल, सन्ध्या प्रजा, देवी उपरकोटीलाई बन्दसूचीमा राखेकाछन् ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सोमकुमारी अधिकारीलाई बन्दसूचीमा रखेको छ । राष्ट्रिय समाजवादी पार्टीले श्रीराम अधिकारी, दुर्गाकुमारी अधिकारीलाई बन्द सूचीमा राखेको छ । राप्रपा नेपालले निर बहादुर श्रेष्ठलाई बन्द सूचीमा राखेको छ । राष्ट्रिय नागरिक पार्टीले बुद्धि बहादुर गुरुङ, पवित्रा वराम श्रेष्ठ, सुकुमाया तामाङ पाख्रिन, सानुमाया चेपाङलाई बन्दसूचीमा राखेको छ । मंगोल नेशनल अगनाएजेशनले राजेन्द्र तामाङलाई वन्द सुचीमा राखेको छ । नेपाल संघीय समाजवादी पार्टीले सुजाता मगर ढकाललाई बन्द सूचीमा राखेको छ । नेपाल मजदुर किसान पार्टीले सुशिला थापा र हेड बहादुर खविडालाई बन्द सूचीमा रखेको छ । नेपाल कम्युनिष्ट पार्टी परिर्वतनले गणेश थापालाई वन्द सूचीमा रखेको छ । जनसमाजवादी पार्टी नेपालले राजन मगरलाई वन्द सूचीमा राखेको छ । जनता समाजवादी पार्टी नेपालले मेनुका तामाङ र चंचला पराजुलीलाई बन्द सूचीमा राखेको छ । यसैगरी जनजागरण पार्टी नेपालले विमला खातीलाई बन्द सुचीमा राखेको छ ।
यसैगरी प्रतिनिधि सभा सदस्यमा ठुला राजनीति दल एमाले, नेपाली कांग्रेस र एकल चुनाव चिन्ह हैसिया हथौडा लिएकाले यस जिल्लाबाट समानुपातिकमा एक जनाको पनि नाम बन्द सूचीमा राखेको छैन । नेकपा एकीकृत समजाजवादीले उपमहासचिव एवं पूर्व मन्त्री गंगालाल तुलाधर र जिल्ला पार्टी अध्यक्ष शिवराज कडेललाई वन्द सूचीमा राखेको छ । राप्रपाले पूर्व मन्त्री बुद्धमान तामाङ, विना लामा र अम्मर परियारलाई बन्दसुचीमा राखेको छ । यसैगरी नेपाली कांग्रेस (विपी)ले श्यमा मग्रातीलाई वन्द सूचीमा राखेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केशवराज अधिकारीलाई बवन्द सूचीमा राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले डोल प्रसाद अर्याललाई वन्द सूचीमा राखेको छ । राष्ट्रिय मुक्ती आन्दोलन नेपालले सुभद्रा अधिकारीलाई बन्द सूचीमा राखेको छ । यसैगरी राष्ट्रिय नागरिक पार्टी पार्र्टी ले सुक बहादुर गुरुङ, ध्वज बहादुर पुलामी मगर, मनिष पुलामी मगरलाई बन्द सूचीमा राखेको छ । नेपाल जनता दलले रघु परियारलाई वन्द सुचीमा राखेको छ । नेपाल मजदुर किसान पार्टीले सीता सामरीलाई बन्द सूचीमा राखेको छ । यसैगरी जन समाजवादी नेपालले सनम लामा, कल्पना वसेल र रमेश वसेललाई वन्द सूचीमा राखेको छ ।