टावर भएपनि मोबाइल नेटवर्कमै समस्या

टेलिफोनको टावर ठडिएको तीन वर्ष भयो । तर खोटाङको जन्तेढुंगा गाउँपालिका भोजपुरको आमचोक गाउँपालिका सिमनामा रहेको नेपाल टेलिफोनको नेटवर्क नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । स्थानीयलाई घाम झुल्केसँगै मोबाइबाट फोन गर्न नेटवर्कको खोजीमा डाँडाका चहार्नुपर्ने बाध्यता छ ।
खोटाङको जन्तेढुंगा गाउँपालिका डम्र्खुशिवालय र भोजपुर आमचोक गाउँपालिका वाशिङ्थर्पु/भन्ञ्याङ खर्क सिमनामा नेटवर्क नहुँदा सर्वसाधारण समस्या भएको स्थानीय बताउँछन् ।
गाउँपालिका अधिकांश वडामा धेरै बस्ती टोलमा नेटर्वक समस्या रहेको छ । टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिडनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । घाम झुल्केसँगै नेटर्वक आउने घाम अस्ताएपछि नेटर्वक जाने समस्या रहेको आमचोक गाउँपालिका धनराज राई बताउँछन् । बिरामी पर्दा र महत्वपूर्ण सूचना आदानप्रदान गर्न समस्या हुने राई बताउँछन्
जिल्लाको उत्तरी भेग उँभो खोला भनेर चिनिने जिल्लाको उत्तरी भेगमा पनि नेपाल टेलिकमा मोबाइल सेवा प्रभावकारी छैन ।