आरएमडीसीको कर्जा विश्लेषण तालिम

आरएमडीसी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा विश्लेषणसम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङमा सम्पन्न भएको छ ।
उक्त तालिम जेठ २२ देखि २४ गतेसम्म सञ्चालन भएको भन्दै आरएमडीसीले तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका २० वटा लघुवित्त वित्तीय संस्था र ४ वट लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेका सहकारी संस्थाहरूका प्रतिनिधि सहित जम्मा ३४ जना वरिष्ठ फिल्ड कर्मचारीहरूको सहभागिता रहेको जनाएको छ ।
उक्त तालिम कार्यक्रमको सञ्चालन शाखाका कर्मचारी दिनेश सिरुवालले गर्नु भएको थियो भने कार्यक्रमको संयोजकत्व आरएमडीसी इटहरीका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले गरे । तालिमको उद्घाटन सत्रको क्रममा तालिमका संयोजक पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पार्दै स्वागत गरेका थिए ।