Logo

सिटिजन्स बैंकको लभांश पारित

सिटिजन बैंकको साधारणसभाले चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकको १६ औं साधारणसभाले २०७८/०७९ मुनाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारबाट हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकका अध्यक्ष राजनसिंह भन्डारीले सेयरधनीहरूबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्ने सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्