Logo

आइएमईको उत्सव अफर सातौं हप्ताको नतिजा सार्वजनिक

दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ग्राहकमुखी योजनाको तेस्रो हप्ताको नतिजा सार्वजनिक गरेको छ ।
कम्पनीले चाडपर्वलाई लक्षित गरेर आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर सञ्चालन भइरहेको छ । कम्पनीले बिहीबार फेसबुक लाइभ मार्फत सार्वजनिक गरेको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएक छन् ।
संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाउने विजेताद्वयले जनही २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु बिके, मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएको कम्पनीले जनाएको छ । उनीहरुले जनही एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप पाउने छन् ।
कम्पनीले सञ्चालन गरेको अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
कूल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर १६ भदौदेखि १६ कात्तिकसम्म ९ हप्ता अर्थात ६३ दिन कायम हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्