रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

विभागीय टोली एपीएफ क्लबले पुरुषतर्फ र त्रिभुवन आर्मीले महिलातर्फ रग्बीमा स्वर्ण पदक जितेका छन् ।
बुधबार पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा लुम्बिनीलाई एपीएफले उत्कृष्ट खेल देखाउँदै स्वर्ण पदक जित्न सफल भएको हो । यस्तै महिलातर्फ आर्मीले मधेस प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो ।
सुरुवातबाट नै हावी भएर खेलेको प्रतिस्पर्धामा मधेस प्रदेशका राम्रा अवसरलाई आर्मीले पटक–पटक बिफल बनाउन सफल भएको हो । जसका कारण आर्मीले बिना कुनै गोल सहज जित निकाल्न सफल भएको हो ।
यस्तै पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै विजयी भएको हो । आर्मीले शुरुवात राम्रो गरे पनि गण्डकीले पुनरागमनमा उत्कृष्ट खेल देखाउँदै जित निकाल्न सफल भएको हो । उता महिलातर्फको प्रतिस्पर्धामा भने सुदूरपश्चिमले बाजी मार्यो । सुदूरपश्चिमले सुदूरपश्चिमले मधेस प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक जितेको हो । यससँगै आर्मी समग्रमा च्याम्पियन भएको छ ।