विकास निर्माण र धार्मिक पर्यटन रूपमा विकास गर्ने उम्मेदवारको प्रतिबद्धता

भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा क मा अपूरो रहेको विकास निर्माण तथा यस क्षेत्रलाई धार्मिक पर्यटन रूपमा विकास गर्ने उम्मेदवारहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।
रफ्त सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेकपा एमालेका तर्फका उम्मेदवार किरण थापाले यस क्षेत्रमा रहेको विकासका अधुरा कामहरू जस्तै खानेपानी, सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतलाई पूर्णतादिन आफूले उम्मेदवार दिएको बताए ।
यस क्षेत्रमा रहेका विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरूलाई धार्मिक सकिटका रुपमा विकास गर्ने थापाले बताए ।
बिशेषत: अध्ययनपश्चात् बेरोजगार रहने वातावरणको अन्त्य गर्न प्राविधिक शिक्षामा जोड दिने थापाले बताए ।
राष्ट्रिय प्राणी उद्यानलाई थप व्यवस्थित गर्दै यस क्षेत्रको जैविक विविधिताको संरक्षण र प्रवद्र्धन गदैं आन्तरिक र बाह्रय पर्यटकको आगमनमा जोड दिने थापाले बताए ।
यसैगरी सत्ता गठबन्धनका तर्फका विष्णुराजकार्कीले यस क्षेत्रलाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने बताएका छन् ।
कार्कीले सूर्यबिनायक क्षेत्रमा रहेका ऐतिहासिक र धार्मिक क्षेत्रलाई धार्मिक सर्किटको रुपमा प्रवद्र्धन गरी धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने बताएका हुन् ।
युवा अवस्थादेखि राजनीतिलाई समाज सेवाको रुपमा आफूले आत्मसाथ गर्दै आएको र पार्टीभन्दा माथि उठेर यस क्षेत्रका जनताको सुख दु:खको साथमा रहेकाले समेत आफूले यस पटक विजयहासिल गर्ने कार्कीले दाबी गरे ।
यस क्षेत्रमा निर्माणाधीन प्राणी उद्यानलाई थप व्यवस्थित गरी यस क्षेत्रमा आन्तरिक र बाह्रय पर्यटकहरूको आँगन बढाउने योजना समेत रहेको उनले बताए ।
यस निर्वाचन क्षेत्रमा देखिएको र जनताको मौलिक हकअन्र्तगतका विषयहरू जस्तै स्वास्थ्य, शिक्षा र रोजगारीको सवाललाई आफ्नो विजयसँगै प्रदेश सरकारले सम्बोधन गर्ने वातावरणको सिर्जना गर्ने कार्कीले बताए ।
गठबन्धनको सरकारले नै निर्वाचन पछि सत्ता सञ्चालन गर्ने अवस्था रहेको बताउँदै कार्कीले आफू विजय भएसँगै प्रदेश सरकारसँग यस क्षेत्रका स्थानीयको पहुँच पनि सहजता हुने र विभिन्न खालका योजनाहरू यस क्षेत्रले पाउने बताए ।