नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको महाराजगन्जमा शाखा स्थापना
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले काठमाडौं महानगरपालिका–३, महाराजगन्जमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमका बिहीबारका दिन विधिवत् उद्घाटन गरे । सो समारोहमा महाराजगन्ज शाखाको विधिवत् उद्घाटन गर्दै प्रमुख अतिथि नारायणप्रसाद पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरू सीमित नभई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले तोेकेका ग्रामीण क्षेत्रमा रहेका स्थानीय निकायहरूमा शाखा खोली दु्रत सेवा उपलब्ध गराउन बढी अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए । साथै बिजुली, इन्टरनेट आदि नपुगेका दूरदराजका ग्रामीण भेगमा स्थानीय निकायहरूसँग सहकार्य गरी सो क्षेत्रहरूमा पनि यथाशिघ्र वित्तीय पहुँच पु¥याउन निर्देशन दिए ।
काठमाडौं महानगरपालिका–३ का वडा अध्यक्ष दीपक केसीले काठमाडौं महानगरको वडा नं. ३ कार्यालय एनसीसी बैंकसँग नजिक बसेर काम गर्न इच्छुक रहेको भन्दै वडा कार्यालयबाट बचत परिचालनका अवसरहरू उपलब्ध गराउन तत्पर रहेको बताए । एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले काठमाडौं महानगरपालिका–३, महाराजगन्जमा बैंकिङ सेवा विस्तार गर्न स्थानीय प्रतिनिधिहरूले सहयोगको प्रतिबद्धता व्यक्त गरेकोमा धन्यवाद ज्ञापन गर्दै बैंकको शाखाले उत्कृष्ट सेवाहरू सुम्पिने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख अतिथिलगायत आगन्तुकहरूलाई धन्यवाद ज्ञापन गरे