टिम इभेण्टमा वागमतीलाई दुई र आर्मीलाई एक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङमा तीन स्वर्णको नजिता टुंगिदा बागमतीले दुई स्वर्ण र विभागीय टोली त्रिभूवन आर्मीले एक स्वर्ण जितेको छ । फेन्सिङको पुरुष टिम फोयलमा वागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको हो । वागमतीको यो फेन्सिङ तेस्रो स्वर्ण पदक समेत हो । पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिष्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश नं १ ले कास्य पदक प्राप्त गरेका छन् ।
महिला ईपी टिम इभेण्टको स्वर्ण भने नेपाली सेनाले जितेको छ । विभागीय प्रतिस्पर्धामा सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते । महिला सेबर टिम इभे प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश १ ले कास्य पदक जिते ।