Logo

लगानी कोष, पर्यटन प्रवद्र्धन र सामाजिक सुरक्षा कोष प्राथमिकतामा

अध्यक्ष थापाद्वारा एनआरएनएका प्राथमिकता सार्वजानिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यकारी अध्यक्ष रविना थापाले आफ्नो जिम्मेवारीमा रहेका कामको प्राथमकिता सार्वजानिक गरेकी छिन ।
अध्यक्ष थापाले सोमबार पत्रकार सम्मेलन गदै गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएको सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सामाजिक सुरक्षा कोषलगायतका काम गर्ने विषयलाई प्राथमिकता दिएकी छन ।
यसका साथै उनले नेपाली नागरिकतको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायतका कामलाई मूर्तरूप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा ध्यान केन्द्रित रहने बताइन् ।
यसैगरी उनले अन्य प्राथमिताका कार्यहरू सार्वजानिक गदै विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भिœयाउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने बताइन् । “यसअघि जस्तै गैरआवासीय नेपाली संघ समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरूको मागको पक्षमा उभिनेछ ।” उनले भनिन “गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहने छ ।
संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ ।” उनले संघको अभियानबाट बाहिर रहेका सदस्यहरूलाई समेत मूलधारमा ल्याउन पूर्णरूपमा उनले पहल गर्ने जनाएकी छिन् ।
गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिने सो अवसरमा जानकारी दिइयो । “एक प्रदेश, एक मोबाइल ब्लड बस” परियोजनाबाट कम्तिमा ३ वटा प्रदेशमा सञ्चालन गर्नको लागि आइसीसी एनसीसी तथा सरोकारवालाहरूसँग समन्वय आर्थिक सहयोग संकलन गर्ने र खरिद गरि हस्तान्तरण गरिने भएको छ ।
यसैगरी रेस्टरूम परियोजनाअन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरि लागू गरिने उनले जानकारी दिईन । संघले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरूसंग सहकार्य गरि समृद्ध नेपाल निर्माण टेवा पुर्याउने योजना तर्जुमा गरि कार्यान्वयन गर्ने भएको छ ।
‘एक पल्टको नेपाली, सधैको नेपाली’ लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनीतिक दलहरू समक्ष आग्रह गरी गैरआवासीय नेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने भएको छ । यसैगरी डेलिगेस प्रणालीलाई सहजीकरण गरिने जनाईन ।
नेपालमा बेरोजगारी कम गर्ने उद्देश्यले पढ्दै कमाउँदै; जस्ता आयमूलक र सीपमूलक कामका लागि संस्थाभित्र आउने परियोजनालाई अघि बढाइने छ । “अति विषम परिस्थितिमा गत मार्च महिनामा सम्पन्न सो महाधिवेशनले पहिलो पटक संघको नेतृत्वमा बहुपदीय नेतृत्व सर्वसम्मतले चयन गरेको थियो ।” उनले भनिन “सहमतीय प्रणाली अनुरूप पहिलो ६ महिना संघको कार्यकारी भूमिकामा नेतृत्व समाल्नु भएका अध्यक्ष कुल आचार्यप्रति धन्यवाद ज्ञापन गर्छु ।”

प्रतिक्रिया दिनुहोस्