Logo

रेखा थापा मोरङ ३ बाट उम्मेदवार

gflosf yfkfåf/f dgf]gog btf{ kTy/L , @# c;f]hM df]/ªsf] If]q g+ # af6 k|ltlglw;ef ;b:osf nflu /fk|kf g]kfnsf] tkm{af6 pDd]bjf/L btf{ u/fpFb} gflosf /]vf yfkf . pxfFn] df]/ª If]q g+= # sf] lgjf{rg sfof{no a]naf/Ldf cfh dgf]gog btf{ u/fpg’ ePsf] xf] . tl:a/M uf]kfn sfˆn]÷/f;;

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छन् ।
आईतवार बिहान ११:२७ बजे नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । नेतृ थापाको प्रश्तावकमा भोला गौतम र समर्थकमा परशुराम सुवेदी छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै नेतृ थापाले आफ्नो क्षेत्रमा परिवर्तन गर्नका लागि आफू आएको बताइन् । उनले मोरङ क्षेत्र नम्बर ३ ले २० वर्षको अन्तरालमा कहिल्यै विकल्प नपाएको भन्दै अब विकल्पको रुपमा युवाशक्ति बनेर आफू निर्वाचनका लागि तयारी भएको बताइन् । मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो जित सुनिश्चित रहेको भन्दै मात्र निर्वाचनको प्रतिक्षमा आफू रहेको बताइन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मोरङ ३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने नेपाली काँग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गरेर दोस्रो बनेका थिए । गत निर्वाचनमा यो क्षेत्रमा राप्रपाका कमलबहादुर गुरुङले २६८ मतमात्र पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्