सिटी एक्सप्रेसको दसैं योजनाको सुन विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।
कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीनाकुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत १५ भदौदेखि ११ असोजसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन् । साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भुबहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी र मलेसियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ भदौ १५ मा दसैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘बिदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।