पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युतीय लाइन विस्तार गरिँदै «

पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युतीय लाइन विस्तार गरिँदै

कर्णाली प्रदेशका १० जिल्लामा रहेका औद्योगिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी, विद्युत सेवा विस्तार गर्न लागिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरी कर्णालीका धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत सेवा पुर्‍याउन लागेको हो ।
झण्डै एक करोडभन्दा बढी बजेट यहाँको आधारभूत पूर्वाधारको काममा खर्च गर्न लागिएको छ । खानेपानीको अभावमा पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई समस्य नहोस् भन्ने उद्देश्यले बजेट विनियोज गरी काम गर्न लागिएको मन्त्रालयले जनाएको छ । पर्यटनका हिसाबले कर्णाली उत्कृष्ट गणतव्यका रूपमा लिइँदै आइएको छ । शे–फोक्सुण्डो, चन्दननाथ, पैँकको मष्ट, जाजरकोट बारेकोटको बाँचिलो, जगतिपुर, जाजरकोट दरबार, डोल्पाको त्रिपुरासुन्दरी, छायानाथ रारा, काँक्रेविहार, दैलेखको ज्वाला क्षेत्रलगायतका दर्जनौ पर्यटकीय तथा धार्मिक क्षेत्र कर्णालीमै छन् ।
१० जिल्लामा बढी मात्रामा धार्मिक तथा सांस्कृतिक क्षेत्र रहेकाले त्यसको विकासका लागि ध्यान दिएर पूर्वाधार निर्माणको कामतर्फ लागेको सचिव देवराज निरौलाले बताए । त्यस्तै विद्युत नहुँदा महत्वपूर्ण मठमन्दिर, गुम्बा, औद्योगिक क्षेत्रमा काम गर्न मुस्किल भएको ठाउँमा विद्युतीकरण गर्न लागिएको समेत मन्त्रालयले जानकारी दिएको छ ।
कर्णाली पर्यटकीय क्षेत्र रूपमा उत्कृष्ट गन्तव्य भए पनि आवश्यक पूर्वाधारका काम नहुँदा यहाँ आउने आन्तरिक तथा बाह्य क्षेत्रमा पर्यटकले समस्य भोग्दै आएको गुनासो आएपछि सो समस्य समाधान गर्न पहल कदमी लिएको सचिव निरौलाको भनाइ छ ।
यहाँ कडा भूगोलका कारण सबै ठाउँमा सडक सञ्जाल नपुग्दा समस्य हुँदै आएको छ । औद्योगिक क्षेत्र कम भएको कर्णालीमा सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको संख्य ठूलो छ । कर्णालीका डोल्पा, हुम्ला र मुगुमा केन्द्रीय विद्युत प्रसारणलाइन पुग्न सकेको छैन । विद्युत पुगेका जिल्लामा समेत संस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत सेवा पुग्न सकेको छैन । यी सबै समस्या समाधान गर्नका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी काम गर्न लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्