Logo

शाओमीले ल्यायो ७५ इन्चको स्मार्ट टिभी र एयर फ्रायर

स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ ।
लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिजअन्तर्गत् एक्सएल अनुभव प्रदान गर्ने रेड्मी स्मार्ट टिभी एक्स४३ इन्च, रेड्मी फुल एचडी, मी टिभी फाइभएक्स ४३ इन्च, शाओमी टिभी एक्स सिरिज एक्स५५ इन्च र मी टिभी फाइभए ४३ इन्च छन् ।
घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागसिप टिभी ७५ इन्चको छ । ठूलो स्क्रिनको साथमा फराकिलो दृश्यहरू प्रदान गर्ने यो टिभीमा ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजी छ । ९७ प्रतिशत स्क्रिन–टु–बडी रेसियो, फुल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी फ्लो १२० (एमइएमसी) सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्लु ६ स्पिकर अडियो सेटअप छ । यसमा आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिङ रुमलाई थिएटरमा रूपान्तरण गर्न सकिने कम्पनीको दाबी छ ।
शाओमीले नेपालमा शाओमी स्मार्ट एयर फ्रायर ३.५ लिटर पनि लन्च गरेको छ । नेपालीको घरघरमा नयाँ उत्पादन पुर्याउने उदेश्यले स्मार्ट किचन उपकरण ल्याएको कम्पनीले बताएको छ । यसले स्वस्थ्य जीवनयापनमा सहज पुग्ने कम्पनीको विश्वास छ ।
७५ इन्चको स्मार्ट टिभीको मूल्य दुई लाख ९९ हजार ९९९ र स्मार्ट एयर फ्रायरको मूल्य १२ हजार ४९९ रहेको छ। यी दुवै डिभाइसहरू ७ असोजदेखि नै मी स्टोरहरूमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्