सानिमा बैंकको दसैं–तिहार छुट योजना «

सानिमा बैंकको दसैं–तिहार छुट योजना

दसैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट प्रदान गर्नेछ । यो योजना १६ देखि २२ असोज र७ देखि १२ कात्तिकसम्म फोन पे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट््ने विश्वास लिएको बैंकले जनाएको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्