४ कात्तिकमा सिटिजन्स बैंकको साधारणसभा

सिटिजन्स बैंकको १६ औँ साधारणसभा ४ कात्तिकमा हुने भएको छ ।
१२ असोजमा बसेको सञ्चालक समितिको बैठकले सो साधारणसभा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश करसमेत) वितरण गर्न स्वीकृत गर्ने विषयलगायत साधारणसभाका प्रस्तावहरु रहेको बैंकले जनाएको छ ।