एभरेष्ट बैंकको बिर्तामोड शाखा स्थानान्तरण

एभरेष्ट बैंक बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोडबाट हाल सोही स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुरु गरेको छ ।
सो कार्यक्रममा बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक जनक चापागाईंले सो स्थानान्तरित शाखाबाट ग्राहकले सम्पूर्ण आधु्निक बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए ।
पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । साथै देशैभर छरिएर रहेको आफ्नो ११९ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आएको छ ।