Logo

इसेवाको लखपति योजनाका विजेता बने इलामका अनुपम

भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बिमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेल विजेता बनेका छन् ।
उनले नगद एक लाख रूपैयाँ जित्न सफल भएका हुन् । उनले नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क इसेवामार्फत भुक्तानी गरेका थिए । इसेवाले बिमितहरुलाई घरमै बसेर बिमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले ५ जेठेखि ५ भदौसम्म लखपति योजना सञ्चालन गरेको थियो ।
यस योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बिमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार नगद जित्न सफल भएका छन् । साथै पोखरेलले बिमा गरेको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद २० हजार प्राप्त गरेको छ ।
विजेतालाई इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरे ।
लखपति योजनाभर इसेवाबाट बिमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक–एक हजार रुपैयाँ जित्न सफल भए । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्