Logo

भैरहवामा दसैं सस्तो बजार सञ्चालन हुने

आउँदै गरेको दसैंलाई लक्षित गरि सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि १४ असोजसम्म भैरहवामा दसैं सस्तो बजार २०७९ सन्चालन हुने भएको छ ।
संघले पत्रकार सम्मेलन गरेर दसैं सस्तो बजार २०७९ कार्यक्रमका बारेमा जानकारी गराएको हो । संघले आफ्नै परिसरमा दसैंं सस्तो बजार सञ्चालन गर्न गैरहेको संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
स्वदेशी गुणस्तरिय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्तालाई सचेतना गराउने तथा चाडपर्वहरुमा आम उपभोक्तालाई स्वदेसी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुका साथै अन्य सामान बिक्री वितरण गनै दसैं बजार सञ्चालन गर्न लागेको अध्यक्ष न्यौपानेले बताए ।
“चाडबाडमा स्वदेशी बजार सुनसान र सीमावर्ती भारतीय बजार गुलजार हुने गरेको पाइन्छ, त्यसैले उपभोक्ता सचेत हुनु पर्छ सस्तोको नाममा गुणस्तरहीन सामान खरीदारी गर्ने पाईएको छ” श्रेष्ठले भने । गुणस्तरीय सामान स्वदेशमै त्यो पनि एमआरपिमै पाइन्छ भने किन पारी जानु पर्दछ र एकाध सामान सस्तो होला तर सबै सस्तो हुदैन, पत्रकार सम्मेलनमा संघका वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।
दसैंं बजारमा विशेष गरी आवश्यक पर्ने दैनिक खाद्य वस्तुहरु तेल, घिउ, मैदा,आटा, चिउरा, विभिन्न गेडागुडी, दाल, चामल, दाल, चिनी, तयारी मसला, चियापत्ति, नुन लगायत विभिन्न किसिमका खाद्य वस्तु, जुत्ता चप्पल, उपहारका सामान ,अटो दुई पाङ्रे, पैचो को सामान हरु, हेन्डिक्राफ्टका सामानसहित करिब २० वटा स्टल रहने दसैं सस्तो बजार कार्यक्रमका संयोजक अर्जुन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्