बंगलादेशसँग नेपाल ३–१ ले पराजित

घरेलु टोली नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि बगंलादेशले जितेको छ । साफ महिला च्याम्पियनसिपमा नेपाल पाँचौं पटक उपाधि नजिक पुगेर पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै बगंलादेशले उपाधि उचालेको हो । दोस्रो पटक साफको फाइनल पुगेको बगंलादेशले उपाधि जितेको छ ।
यसअघिका चार संस्करण उपाधि नजिक पुगेर भारतसँग पराजित हुँदै उपविजेतामा सीमित नेपाली टोलीले यो पटक पनि त्यो छविलाई हटाउन सकेनन् । बंगलादेशका लागि श्रीमती कृष्ण रानी सरकारले २ तथा साम्सुनाहरले एक गोल गरिन् ।
खेलको पहिलो मिनेटमा नै कृष्णदेवी सरकारले प्रहार गोलरक्षक एञ्जिला तुम्वापो सुब्बाले बचाइन् । खेलका सुरु भएको दुई मिनेटमै दिपा शाहीको प्रहार बंगलादेशकी गोलरक्षकले सहच बचाउ गरिन् । खेलको १४ औं मिनेटमा मोनिका चकमाको पासमा साम्सुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाइन् । खेलको १० औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिइन् ।

खेलको ३५ औं मिनेटमा अनिता बस्नतेको फ्रिकीक पोष्टको नजिकबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो । विपक्षी खेलाडीले अनिता बस्नेतलाई लगाएपछि नेपालले फ्रिकीकको मौका पाएको थियो । खेलको ४१ औं मिनेटमा कृष्णरानी सरकारले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको दोस्रो हाफमा अनिता केसीको स्थान लिदै सावित्रा भण्डारी मैदान प्रवेश गरेकी थिइन् ।
खेलको ४८ औं मिनेटमा अनिता बस्नेतको कर्नरमा अनिता जैसीको हेडर किपरले बचाउ गरिन् । ५२ औ मिनेटमा अनिता बस्नेतको क्रसमा रश्मी कुमारी घिसिङको हेडर पोष्टबाट बाहिरियो ।
खेलको ७० औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । ७४ औं मिनेटमा अनिता बस्नेतको कर्नरमा सावित्रा भण्डारीको प्रहार पोष्टबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो । ७७ औं मिनेटमा श्रीमती कृष्ण रानी सरकारले गोल गर्दै बंगलादेशलाई ३–१ को अवस्थामा ल्याइन् ।