दसैं–तिहारका लागि सहुलियत खाद्यान्न पसल सञ्चालन

नेपालीहरुको महाव चाड वडा दसंै तिहार र छट पर्व नजिकिँदै गर्दा मुगुमा असोज १ गतेबाट सहुलियत खाद्यान्न पसल सञ्चालनमा आएको छ ।
खाद्य ब्यापार तथा ब्यापार कम्पनी लिमिटेड शाखा मुगुले असोज १ गतदेखि कात्तिक १५ गतेसम्मका लागि मुगुको सदरमुकाम गमगढीमा सहुलिएत खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । कम्पनीको शाखा कार्यालय मुगुबाट साबिकको खाद्यान्न प्रतिकेजीमा बितरण गरिएको बासमती चामल १ सय १२, जिरा चामल ६८, सोना मसुली चामल ५२, अरुवा मध्य चामल ५१, अरुवा मकवानपुर ५०, अरुवा मोटो ४९ रुपैया र दाल १६६ बाट सस्थानको नियम अनुसार प्रतिकेजीको ७ प्रतिशतका दरले छुट वडा दसैंै तिहार र छठ पवसम्मका लागि १५ सय क्वीन्टल खाद्यान्न र दात वितरण गरीर्ने छ । खाद्यान्न लिन आउँदा प्रतिव्यक्तिले नागरिकता साथमा लिएर प्रतिव्यक्ति ६० केजी अर्थात् २ बोरा चामल कार्यालय खुल्ने समयभित्र आइपुग्ने स्थानीयबासीलाई बितरण गरिने नेपाल खाद्य व्यापार तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका प्रमुख पुस्कर भामले जानकारी दिएका छन् ।
दशै तिहारको अवसरमा हरेक वर्ष मुगुमा खाद्यान्न अभाव हुने गरेको थियो केही दिन पहिला पनि खाद्यान्न संस्थानमा खाद्यान्न अभाव हँुदा बन्द रहेको थियो । दसंै तिहार र छट पर्वको अवसरमा संस्थानले मुगुका नागरीकहरुलाई सहुलीयतमा खाद्यान्न बितरण गर्दा आम मुगुबासी निकै खुसी भएका छन् भने सोजा गरिब नागरिकहरुलाई निकै सहज हुने नागरिक समाज मुगुका अध्क्षय रुपबहादुर मल्लले बताए ।
खाद्य व्यापार तथा व्यापार कम्पनी लिमिटेड शाखा दसंै तिहारमा छुट खाद्यान्न बितरण गर्न लागेकोमा मुगुली नागरिकहरुलाई निकै राहात पुग्र्ने छ । सहुलियत खाद्यान्न सबै भन्दा तल्लो गरिब बर्गले पाओस कुनै हिनाबिना चुहावट नहोर सस्थानको लक्ष्यअनुसार बितरण होस् भन्दै संस्थानका प्रमुख र अन्य कर्मचारीर्लाी निर्देशन दिँदै असोज १ गते पहिलो छुट खाद्यान्न लिर्ने स्थानीयबासीलाई अबिर र खादा लगाएर सहुलियत खाद्यान्न पसललाई उद्घाटन गरेर जिल्ला खाद्यान्न ब्यवस्थापन समितिका अध्क्षय तथा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले सञ्चालनमा ल्याएका छन् ।
सहुलियत खाद्यान्न पसलबाट सबैभन्दा मुगु जिल्लामा रहेका सोरु गाउँपालिका, मुगमकामारोङ गाउँपालिका, खत्याड गाउँपालिकाका नागरिकभन्दा बढी छायानाथ रारानगरपालिका भित्रका स्थानीय नागरिकहरुलाई राहात हुने छ ।