संसदीय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञा गर्छौं: बास्तोला

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्तामाथिका झुटा मुद्दाहरू खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् ।
तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै संयोजक बास्तोलाले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको नीम्तिभन्दा निजी स्वार्थका नीम्ति राष्ट्रघात गर्ने माध्यम भएकाले त्यसलाई अवज्ञा गर्नुको विकल्प नरहेको बताए । आफूहरूले निरपेक्षित रुपमा चुनाव अवज्ञा वा बहिस्कार र संघर्ष मात्रै नरोजेर त्यसको निकासका लागि तत्काल स्वाधीन संयुक्त सरकारको विकल्पसहित अगाडि बढेको जिकिर गरेका छन् ।
बहिस्कार नभनेर ‘अवज्ञा’ शब्दको प्रयोग गर्नुभयोे, सशक्त, सशस्त्र वा शान्तिपूर्ण कस्तो हुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै बास्तोलाले विगतको जस्तो हिंसात्माक नहुने बताउँदै भने, “बहिसकार भन्ने बित्तिकै बम विस्फोट, हातहतियारको प्रयोग, कुनै पनि किसिमको हिंसात्मक नभई शान्तिपूर्ण जनचेतना मूलक कार्यक्रम सहित अवज्ञाका लागि जनतामा झजाने छौं ।
विगतमा जस्तै, देउवा सरकारले नागरिकता विधेयक भारतियहरूको योजनामा विवाहको भोलिपल्टै विदेशीलाई नागरिकता दिने काठमाडौं । राष्ट्रघातिकदम भएको बताउँदै भने,“राष्ट्रमाथि दीर्घकालीन असर र बहुसंख्यक जनताको आवाजलाई लत्याउँदै जनविरोधी सत्ताको निरन्तरताको लागि चुनावको पूर्वसन्ध्यामा यो घातक विधेयक ल्याइएको छ । जुन हामीलाई मान्य छैन ।”
आगामी ५ वर्षमा उही भ्रष्टाचार, महँगी, राज्य आतङ्क, राजनीतिक अस्थिरता, राष्ट्रघात, जनविरोधी कामहरू जनतामाथि थोपरिने छन् र अबको चुनावमार्फत पनि त्यही गर्ने हुन्, त्यसैले सचेत नागरिकले यो चुनावको अवज्ञा र नयाँ विकल्पका लागि तयार बन्नुपर्छ, बास्तोलाले अगाडि थपे ।
त्यसैगरी पार्टी प्रवक्ता हेमन्तप्रकाश ओलीले संसदीय व्यवस्थाको आडमा मुठीभर दलाल पुँजीपतिहरू, विदेशीएकाधिकार पुँजीपतिहरू बाहेक नेपाली जनताका पक्षमा कुनै काम गर्न सकेको आरोप लगाए ।
प्रवक्ता ओलीले वाइड–बडी जहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरि, सुनकाण्ड, ओम्नीकाण्ड, बतास काण्ड, एनसेलका लागि ट्याक्स मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता, निरन्तरको सरकार बदली, आलोपालो भ्रष्टाचार र कमिसनखोरी गर्नु संसदीय व्यवस्थाका चारित्रिक विशेषताहरू भएकाले पनि अब नेपाली समाजले त्यसको विकल्पका लागि नयाँव्यवस्था रोज्नै पर्ने धारणा राखे ।
अहिले नेपालमा जतिसुकै फरक पार्टी भनिए पनि केही भिन्नता नभएको बताउँदै ओलीले भने, “समाजवादी कम्युनिस्ट नामधारी पुँजीवादका चाटुकार संसद्वादीहरू, पुँजीवादी कांग्रेस, सामन्तवादी राप्रपाकाबीच जनताको आँखामा कुनै भित्रता छैन ।”
बैंकिङ क्षेत्रमा पनि माफिया तन्त्र हावि भएकाले मिटरब्याज, सहकारी र वित्तीय संस्थामार्फत जनताको जमिन दलाल पुँजीपतिहरूको हातमा केन्द्रित हुँदै गएको, जल माफियाहरूले झोलामा खोला राखेको, उद्योगहरूमा दलाल पुँजीपतिवर्गको एकाधिकार हुनुको कारण रोजगारी सिर्जना गर्ने ठूला उद्योगहरू शून्य भएको पनि नेता ओलीले बताए ।
चीन, भारतजस्ता छिमेकी देशहरूका बीचमा रहेको नेपालले अमेरिकाजस्तो देशलाई सैन्य अखडा निर्माणगर्ने अवसर दिनु अत्यन्तै दु:खद विषय भएको बताउँदै, नेता ओलीले भने, “नेपाली जनताको व्यापक विरोधका बावजुत पनि एमसीसीपारित गरियो, आईपीएससँगको आबद्धता सुनिश्चित गरिएको छ, एसपीपीसँगको सहकार्यमार्फत राष्ट्रघाती कामहरू भएका छन् अब पनि दलाल संसदीय व्यवस्थाको संरक्षण गर्न चुनावमा जानु मुर्खता हुन्छ ।”