Logo

तिनाउ र मिसन विकास बैंकको मर्जर पारित

बुटवलको हस्पिटललाइनमा केन्द्रीय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडको विशेष साधारणसभा शुक्रबार सम्पन्न गर्दै तिनाउ विकास बंैक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिवेदन उपर छलफल गरी सेयर आदान प्रदान अनुपात १ः१ हुने गरी सर्वसम्मतिले पारित गरेको छ ।
यसैगरी बुटवलको ट्राफिकचोकमा केन्द्रीय कार्यालय रहेकोे मिसन डेभलपमेन्ट बैंक लिमिटेडको विशेष साधारणसभा पनि शुक्रबारै गरी तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिवेदन उपर छलफल गरी सेयर आदान–प्रदान अनुपात १ः१ हुने गरी सर्वसम्मतिले पारित गरेको छ । साथै मर्जरपश्चात् बन्ने तिनाउ मिसन विकास बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदीपकुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद घिमिरे रहने भएका छन् ।
मर्जरपश्चात् बैंकको चुक्ता पुँजी १ अर्ब १४ करोड, निक्षेप १० अर्ब २२ करोड, कर्जा लगानी ८ अर्ब ९५ करोड रुपैयाँ र शाखा संख्या ३८ पुग्ने जनाइएको छ

प्रतिक्रिया दिनुहोस्