गाउँपालिकाले नागरिकलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गर्ने

स्वास्थ्य बिमाकाबारे नागरिकलाई अझै पनि राम्रो सँग जानकार छैनन् । बिमाकाबारे ज्ञान नहुँदा राज्यदिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । बिमाको बारे कमै मात्र ज्ञान छ र बिमा पनि कमै गरेका छन । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सयले वार्षिक १ लाख बराबरको स्वास्थ्यबिमा गराउँदै आएका छ ।
वर्षमा ३५ सय तिर्न नै सकेकाकारण स्वास्थ्य उपचारमा लाखौं खर्च गर्न बाध्यभई रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिकाभित्रका सबै परिवारलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गराउने भएको छ । नागरिक सँगै प्रत्यक्ष सरकार छ भन्ने प्रत्याभूति दिलाउने उद्देश्यका गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्यबिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।
‘हामी निर्वाचत भएपछि गाउँपालिकामा रहेका सबै नागरिकहरूले स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम अघि सारेका हांै । गाउँपालिकामा रहेका १८ हजार ३ सय ९४ जनसंख्या ३, हजार ९ सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ स्वास्थ्यबिमामा गाउँपालिकाले ५० प्रतिशत सहयोग गर्ने तयारी गरेका छौं’, उनले भने ।
यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका ५ जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्यबिमा गर्न पाउने भएका छन । स्वास्थ्यबिमाकाबारे गाउँगाउँमा महत्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्यबिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि यहाँका नागरिकहरूले राहत पाउने भएका छन् । यस्तै गाउँपालिकाले सुत्केरी पोषण भक्ता कार्यक्रमअन्तर्गत मासिक १ हजार दिने तयारी गरेको छ । गाउँपालिका क्षेत्रमा रहेका सुत्केरीलाई ८ पटक गर्भ जाँच गरी सकेका सुत्केरीलाई एकमुष्ठ ९ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।