महिला साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुवात «

महिला साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुवात

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत मंगलबार उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन् । वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो ।
मध्यान्तरपछिको खेलमा नेपालले थप तीन गोल गरेको हो । मध्यान्तरपछि सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरे । भण्डारीले खेलको १२औँ र ६८औँ मिनेटमा तथा बस्नेतले खेलको ७३औँ मिनेटमा गोल गरे ।
साफ च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलंका र भुटान छन् ।

प्रतिक्रिया दिनुहोस्