Logo

राष्ट्रिय राजनीति माओवादीकै एजेन्डामा चलेको प्रचण्डको दाबी

sf7df8f}F, !# ebf} . g]skf -dfcf]jfbL s]G›_sf] j}rfl/s–/fhgLlts k|lzIf0f tyf lgjf{rg ;DaGwL sfo{qmddf ;f]daf/ ;Daf]wg ub}{ cWoIf k’iksdn bfxfn …k|r08Ú . tl:a/ M ;lrgf aflgofF, /f;;

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति माओवादी केन्द्रले स्थापित गरेको एजेन्डामा चलिरहेको बताएका छन् । माओवादी केन्द्रको प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तर राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका सबै दलहरुले माओवादीले विगतदेखि स्थापित गर्दै ल्याएको एजेन्डामा राजनीति गरिरहेको बताएका हुन् ।
उनले देशको राष्ट्रिय राजनीति माओवादीको एजेन्डाकै पेरिफेरिमा घुमिरहेकोले माओवादी केन्द्रका नेता कार्यकर्ताहरु उत्साहित भएर आगामी निर्वाचनमा जानुपर्ने बताए । उनले गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट प्रतिगमनवाद र विघटनवादको हार भइसकेको बताउँदै अग्रगामी राजनीति आगामाी निर्वाचनबाट अनुमोदित गराउनु जरुरी रहेको बताए । उनले प्रतिगमन विरुद्धको आन्दोलनमा जित हासिल गरेपछि नेकपा माओवादी केन्द्रको बैठकले पार्टीलाई फेरि एक पटक पुनर्निमाण गर्ने र क्रान्तिकारी पार्टीकै रुपमा अगाडि बढाउने संकल्प प्रस्ताव पारित गरेको बताए । उनले त्यस संकल्पको आधारमा कार्यक्रम बनाएर प्रत्येक प्रदेशमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गरिएको बताए ।
अध्यक्ष प्रचण्डले आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पार्टीमा नेताहरुले गरेको योगदानको आधारमा उम्मेदवार बनाउने निर्णय पार्टीको बैठकबाटै गरिने जानकारी दिए । उनले वडादेखि प्रदेशसम्मका सबै तहका पार्टी संगठनसँग छलफल गरेर वर्णानुक्रम अनुसार नाम लेखेर उम्मेदवारको नाम सिफारिस गर्न अपिल गरेका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रले नै देशलाई राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा ल्याएको बताए । उनले माओवादी केन्द्रकै नेतृत्वको वरिपरी देशका राजनीतिज्ञहरु रहेको बताए । उनले माओवादीकै एजेण्डाका कारण देशमा भौतिक पूर्वाधार, आर्थिक र सामाजिक विकासले गति लिएको दाबी गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला संयोजकहरुले स्थानीय तह निर्वाचन र पार्टी गतिविधिहरुको रिपोर्टिङ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्