इन्धन र बिजुुली बिनाको लिफ्टिङ सिँचाइ

स्याङजाको गल्याङ् नगरपालिकामा सम्भवत: नेपालमै पहिलो पटक आधुनिक हाइपम्पबाट लिफ्टिङ सिँंचाइ आयोजना (इन्धन र बिजुलीको प्रयोग बिना) सुुरु भएको छ । विश्वको दोस्रो तथा नेपालको पहिलो आधुनिक हाइपम्प प्रविधिबाट गल्याङ्मा लिफ्टिङ आयोजना सुरुवात भएको हो ।
बिजुली तथा इन्धनको प्रयोगबिना पानी लिफ्टिङ हुन थालेसँगै बाँझो जमिनको समेत उपयोग हुने भएको छ । सिँचाइका लागि पर्याप्त पानी अभावका कारण आधुनिक कृषि नारामा मात्र सीमित हँुुदा खेतीयोग्य जमिन बाँझै रहने प्रवृत्तिको अन्त्य गर्न यो प्रविधिले ठूलो सहयोग पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।
स्याङजाको गल्याङ नगरपालिका–११ लबरकोटमा पहिलोपटक हाइपम्प प्रविधिवाट पानी लिफ्टिङ गर्न सुुरु गरिएको छ । खोला या नहरको पानीलाई पाइपको माध्यमबाट ट्रबाईनमा खसालेर गियरको माध्यमले मोटर घुमाउँदा मोटरले पानी तान्ने प्रविधिको प्रयोग कृषकका लागि उपयोगी मानिएको छ ।
झण्डै एक सयदेखि एक सय ५० लिटर प्रतिसेकेन्ड पानी तान्ने यो प्रविधिले २० हेक्टर जमिन सिँंचाइ गर्नसक्ने दाबी गरिएको छ । ६० मिटर पानी पम्पिङ गरी एक हजार दुई सय मिटरको दूरीसम्म सजिलै पानी पुग्ने हँुदा निम्नस्तरका कृषकका लागि राहत मिल्ने योजनाका इन्जिनियर अभिषेख डुम्रेले बताए ।
प्रविधिको प्रयोगले खेरा गएको पानीको सदुुपयोग गरेर मौसमी तथा बेमौसमी खेती गर्न सकिने स्थानीय कृषकले बताए । जिल्ला सिंँचाइ कार्यालय स्याङजाको समन्वयमा योजना सम्पन्न हुन लागेको छ । करिब ७२ लाखको लागतमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको काम आटिस्टा कम्पनीले गरिरहेको छ । चौबिसै घण्टा मेसिन सञ्चालन गर्न सकिने र मेसिनमा समस्या देखिए कम्पनीले नै मर्मत गर्ने समझदारी गरिएको छ ।
आयोजना सुरुवातमा लागत बढी भए पनि सम्पन्न पश्चात खासै खर्च नआउने हुँदा कृषकलाई थप खेतीगर्न ऊर्जा मिल्ने निर्माण कम्पनीले बताएको छ । करिब चार इन्च मोटो पाइपबाट सिँंचाइका लागि पानी प्रयोग गर्न सकिने भएपछि साउनेपानी, लबरकोटका ८० घरपरिवार लाभान्वित हुनेछन् । सिंँचाइमा सजिलो भएपछि उत्पादन बढ्ने स्थानीयको विश्वास छ ।