Logo

५ महिनादेखि प्रयोगविहीन एम्बुलेन्स

देशका विकट क्षेत्रका बासिन्दा स्वास्थ्य क्षेत्रबाट बञ्चित छन् । गाउँका विकट क्षेत्रमा यातायातसमेत पुगेको छैन । बिरामी भएका स्टेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । मोटरबाटो नै नभएको ठाउँमा स्टेचरमा लैजानु स्वाभाविक हो, तर अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सञ्चालन भएका एम्बुलेन्स ५ महिनादेखि सञ्चालनमा छैनन् ।
पाणिनी गाउँपालिका र स्थानीय लंकबहादुर केसीको लगानीमा आर्थिक वर्ष २०७७/०७८ सालबाट सञ्चालनमा आएका २ एम्बुलेन्स ५ महिनादेखी अलपत्र छन् । विरामी भएका गाउँपालिकाका बासिन्दा भएका एम्बुलेन्स सञ्चालन नहुँदा डव्लक्याप, जिप रिजर्भ गर्न बाध्य छन् । निर्वाचनको समयमा चुनावी एजेन्डामा स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताए पनि एम्बुलेन्स सञ्चालन नहुँदा पालिकाबासी मर्कामा परेको स्थानीय कृष्ण गैरेले बताए ।
एम्बुलेन्स चलाउँदै आएका ड्राइभरले तलब नपाएपछि चलाउन छोडेका थिए । चलाउन छोडेको ३ महिनापछि पालिकाले तलब दिएको थियो । तर, तलब पाएको १ महिना बित्दा पनि गाउँपालिकाले नियुक्ती पत्र नदिँदा एम्बुलेन्स नचलाएको ड्राइभर अमृत अधिकारी बताउँछन् ।
गाउँपालिकाको १० लाख ५० हजार र समाजसेवी लंक केसीको १० लाख ५० हजार गरी २१ लाख संयुक्त लगानीमा सञ्चालनमा आएका एम्बुलेन्स नचल्दा लगानीकर्ता चिन्तीत छन् । गाउँकार्यपालिकाको बैठक बस्न नसकेको र एम्बुलेन्स सञ्चालनसम्बन्धी कार्यविधि तयार नहुँदासम्म एम्बुलेन्स सञ्चालन नहुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले बताए ।
एम्बुलेन्स सञ्चालन गर्ने विषयमा गाउँ कार्यपालिकाको बैठकमा प्रस्ताव आए पनि ड्राइभर फेर्ने प्रस्ताव गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले ल्याएपछि सहमति जुटन सकेको छैन । एम्बुलेन्स सञ्चालन गरौं, ३ महिनाका लागि पुरानै ड्राइभर राख्ने प्रस्ताव गरेका छौं, वडा अध्यक्ष चन्द्रकान्त पौडेलले भने, तर, कार्यपालिकामा ड्राइभर पुरानै राख्ने र नयाँ राख्ने विषयमा कुरा मिल्न सकेन ।
पाणिनीमा गाउँपालिकाले खरिद गर्नभन्दा पहिला पर्यटन समाजले एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । ८ वटै वडाका बिरामीलाई १ वटा एम्बुलेन्सले सुविधा पाएका छैनन् ।
गाउँपालिकाको कार्यालय अगाडी सजाएर बसेजस्तै देखिने एम्बुलेन्स सञ्चालन गर्न गर्नमा जनप्रतिनिधिले सकेका छैनन् । पाणिनीमा बिरामी हुँदा स्वास्थ्य चौकीमा आधारभूत उपचार बाहेकको उपचार पाइँदैन । बिरामी हुँदा बासिन्दा सन्धिखर्क, पाल्पा, बुटबल तथा काठमाडौं जानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्