एक्जिम बजार प्रदर्शनीमा हस्तकला महासंघ सहभागी हुने

नेपाल हस्तकला महासंघद्वारा ३ देखि ६ सेप्टेम्बरसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको एक्जिम बजार २०२२ प्रदर्शनीमा सहभागिता जनाएने भएको छ । परम्परागत, समकालिन लगायत हस्त शिल्पकला, हस्तकलाका विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट बस्तु एवं बजार प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले सो प्रदर्शनी भारतको विभिन्न शहरहरुमा आयोजना हुँदै आएको छ ।
यस पटक भारतको इण्डिया एक्जिम बैंकको आयोजनामा हुने सो प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्वारा मैन मूर्ति कलाकार मनोज शाक्य, फिलिग्री कलाकारसुरज शाक्य, काष्ठ कलाकार बज्रबहादुर शिल्पकार, रेशा जन्य वस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमूर्ति कलाकार उदिप शाक्य गरी ५ जना महासंघका सदस्यले प्रतिनिधित्व गर्नेे छन् ।
हस्तकला विधामा संलग्न उद्यमी, कलाकार, कालीगढहरको सीप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एकअर्काको सीप, प्रविधि अनुभव आदानप्रदन गरी व्यवसाय प्रवद्र्धनका लागि महासंघले पहल गर्दै आएको जनाएको छ ।
प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनको प्रदर्शनी गरी व्यवसाय प्रवद्र्धन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।