समृद्धि फाइनान्सलाई राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत «

समृद्धि फाइनान्सलाई राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत

समृद्धि फाइनान्सले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निस्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार “बजार निर्माता सम्बन्धी कार्यविधि, २०७० (दोश्रो संशोधन २०७६ बमोजिम)” गर्ने गरी राष्ट्र बैंकले इजाजत प्रदान गरेको छ ।
समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्