एभरेष्ट बैंक र पतन्जली नेपालको क्रेडिट कार्ड सुरुवात

एभरेष्ट बैंक र पतन्जली आयुर्वेद प्रालि नेपालले को ब्राण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् ।
भारतको नयाँ दिल्लीमा भएको कार्यक्रममा स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् । यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतन्जलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बिमाका साथै अन्य थुप्रै सुविधा पाउने बताइएको छ ।
सो कार्यक्रममा पतन्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले उक्त कार्डबाट पतन्जलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले उनीहरुका आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे ।